चुनावको मुखमा ट्रम्पविरुद्ध अर्को अभियोग

अमेरिकी अभियोजनकर्ताहरुले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध २०२० को चुनाव हारिसकेपछि नतिजामा हस्तक्षेपको प्रयास गरेको भन्दै संशोधित अभियोग लगाएका छन्। सर्वोच्च अदालतले यसअघि नै आधिकारिक कामका लागि राष्ट्रपतिलाई आपराधिक सुनुवाइबाट छुटकारा हुने फैसला सुनाएको थियो। त्यसलाई छल्ने प्रयासमा अभियोगको पदावली फेरिएको छ।

तर, नोभेम्बर ५ को चुनावअघि यो मुद्दा अदालत पुग्ने सम्भावना भने नरहेको बताइन्छ। अभियोजक ज्याक स्मिथले ट्रम्पविरुद्ध अमेरिलाई ठग्ने षड्यन्त्र, सरकारी काम रोग्ने षड्यन्त्त, सरकारी काम रोक्ने प्रयास र अधिकारविरुद्धको षड्यन्त्र चार अभियोग लगाएका छन्। तर, यी अभियोगहरु उनी राष्ट्रपति हुँदाको बखतभन्दा अहिले रहेको उम्मेदवारीसँग सम्बन्धित रहेको बताइएको छ।

ट्रम्पले यसअघिका आरोपहरुमा आफू निर्दोष रहेको दाबी गरेका छन्। एजेन्सी

सम्बन्धित समाचार