बालिका बलात्कार आरोपमा दुई किशोर पक्राउ

ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो ।

एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । उनीहरूविरुद्ध बालिकाका आफन्तहरूले गत सोमबार प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार