नेपाल लेयर्स कुखुरापालक संघले पाँच दिनअघि बढाएको अन्डाको मूल्य शुक्रबारदेखि लागू हुने गरी पुनस् बढाएको छ ।
संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर पाँच दिनमै अन्डाको समर्थन मूल्य पुन: तोकेको हो ।
नयाँ सार्वजनिक मूल्य अनुसार मध्यम अन्डा प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकिएको छ ।
यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ९३० वटाको० ५ सय ५ तोकिएको थियो ।
संघको बैठकले ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ तोकेको छ ।