साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलन’को आयोजना गर्ने

आउँदो सेप्टेम्बर १० देखि १२ सम्म साउदी अरेबियाको रियादमा ‘ग्लोबल एआई शिखर सम्मेलन’ आयोजना हुँदै छ ।

साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए)द्वारा आयोजित सम्मेलनमा १०० देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताको सहभागिता रहनेछ ।

शिखर सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीका क्षेत्रमा विश्वव्यापी अनुभवको समीक्षा गरिनेछ ।

द्रुत रूपमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजी र यसको प्रभावलाई कसरी रणनीतिक रूपमा सञ्चालन, उत्पादन र मापनका विषयमा सम्मेलन केन्द्रित रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार