साथीको हत्या आरोपमा वृद्ध पक्राउ

साथीको हत्या आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका–३, गोगनेका ६५ वर्षीय चमार तामाङको हत्या गरेको आरोपमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार, शनिबार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुंगा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, आरोपितबाट घटनामा संलग्न रहेको स्वीकारसहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाही थालेको प्रहरीले जनाएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार