जंगली हात्तीको डरले जाग्राम बस्छन् कोसी टप्पु मध्यवर्तीका स्थानीय

बराहक्षेत्र नगरपालिका–२ पुनर्वासका स्थानीय जंगली हात्तीको त्रासमा रातभर जाग्राम बस्छन् । कोसी टप्पु वन्यजन्तु आरक्ष र आसपासका जंगलबाट आउने हात्तीको त्रासका कारण मध्यवर्ती क्षेत्रका बासिन्दा जाग्राम बस्दै आएका हुन् ।

पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराईले नसुतेको एक साताभन्दा बढी भएको बताउँछन्।  उनले राति जंगलबाट आउने हात्तीको त्रासमा राति नसुतेको एक साता भएको बताए । प्रत्येक रात लाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या भएको उनको भनाइ छ ।

दिनभरि बाहिर काम गरेर राति आराम गरिरहेको बेलामा दैनिक जंगलबाट आउने हात्तीका कारण जाग्राम बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताए । हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ ।

भट्टाराई जस्तै बराहक्षेत्र–२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ । दैनिक वन्यजन्तु आरक्ष तथा अन्य जंगलबाट आउने हात्तीका कारण समस्या हुँदै आएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार