इराकमा १५ आईएस लडाकुको मृत्यु

अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकु मारिएका छन् । सात अमेरिकी सैनिक घाइते भएका अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

सेन्टकमका अनुसार, इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समयानुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ आईएस लडाकुको मृत्यु भएको हो ।

आईएस लडाकु ‘सयौँ हातहतियार, ग्रीनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अरू दुई घाइते भएका एक रक्षा अधिकारीले जानकारी दिएका छन् । इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो ।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ले जिहादीले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको जनाएको छ ।

मृत्यु हुनेमा वरिष्ठ नेता समेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ ।

“इराकमा इस्लामिक स्टेट समूहका गतिविधि धेरै हदसम्म नियन्त्रण भएको भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार