तीन स्रष्टा एवं कृतिलाई यस वर्षको फेडोल सम्मान

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ ।

प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरेको जनाएको छ । स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताए ।

पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताए। कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष विभिन्न श्रष्टा र साहित्यकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकहरुमा थप उत्साह पुग्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार