मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

श्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।

२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन सार्वजनिक गरिएको छ। क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् ।

ताजको डिजाइन रातको अकाशमा देखिने तारामण्डलको सौन्दर्यबाट प्रेरित छ । प्रिमियम ह्वाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमूल्य हीरा र ताराको चमक झल्काउने अन्य रत्नले सजिएको छ । डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रुपमा तारामण्डल राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ ।

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ मा हायात होटलमा हुँदै छ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ ।

ताज सार्वजनिक गर्नुअघि २२ प्रतियोगीको प्रिलिमिनरी राउन्ड सम्पन्न भएको थियो, जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्यान्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका वहन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार