पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भयो एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुने गरी यस बैंक पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको छ ।

बैंकले आफ्नै ईएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको हो । यससँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंकको दाबी छ ।

बैंकले सन् २०२३ देखि नै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्विचबाट सञ्चालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिसा र मास्टरकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ ।

त्यसैगरी, एटीएम, पीओएस तथा इकमर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिसा, मास्टरकार्ड, चाइना युनियन पे स्वीकार गर्दछ ।

यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको उल्लेख गरेको छ ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले पनासिया इनफोसेक प्रालिलाई नियुक्त गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार