सिटिजन्स बैंक–सुबिसु केबल नेट सम्झौता, ग्राहकलाई इन्टरनेट जडानमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल र सुबिसु केबल नेटबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सुबिसु केबल नेटको ३०० एमबीपीएस ब्यान्डविथ क्षमताको इन्टरनेट जडानमा १५ प्रतिशतका साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानमा ५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । 

सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकले कम्पनीको लिंकमा गएर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार