साफ यू-२० च्याम्पियनसिपमा उपविजेता नेपाली टोलीलाई जनही ५० हजार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टोलीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

गत भदौ २९ गते सम्पन्न एन्फाको बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगदसहित पुरस्कार र टिकट बिक्रीबाट आएको रकमको २० प्रतिशत विनियोजन गर्ने निर्णय गरेको थियो।

एन्फाले खेलाडी, प्रशिक्षक र टिम अफिसियललाई गरि कुल १६ लाख ४५ हजार ९ सय २० रुपैयाँ प्रदान गरेको छ । एन्फाले दिएको ५० हजार र टिकट बिक्रीबाट प्राप्त २० प्रतिशत गरि खेलाडीले ६५ हजार ४० रुपैयाँ पाएका छन् ।

यस्तै, मुख्य प्रशिक्षक उर्जन श्रेष्ठलाई ५० हजार, सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

टिम म्यानेजर रविन खड्का, फिवियो अनिश बुढाथोकीले पनि समान २५ हजार रुपैयाँ पाए । घरेलु मैदानमा सम्पन्न साफमा नेपाली युवा टोली बंगलादेशसँग ४(१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार