हरिवंश र प्रकाशको मुख्य भूमिकामा ‘हरिबहादुरको जुत्ता’ बन्ने

अभिनेता हरिवंश आचार्य र प्रकाश सपूतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ ।

चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । सरोज ओलीको निर्माण रहने चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

“मेरो मनमा एउटा कन्सेप्ट थियो,” अभिनेता तथा लेखक हरिवंशले भने, “सरोज ओली भाइलाई सुनाएपछि यसमा म आफैँ फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो ।” कथाको आइडिया फरक रहेकाले चलचित्र राम्रो बन्छ भन्नेमा आफू ढुक्क रहेको उनले बताए ।

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार