बालोन डी’ओरको मनोनयन सार्वजनिक, मेसी र रोनाल्डो परेनन्

२०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्। मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन्। आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए।

यस्तै पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छैनन्। सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो।

रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए। सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्।इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन्।

स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन्।
को-को छन् सूचीमा?

बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड)

रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)

फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)

फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)

एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)

अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)

निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)

ग्रानित‌ जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)

आर्टेम डोभबिक (युक्रेन र रोमा)

टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)

भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)

ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)

फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)

मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)

माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)

रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)

ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)

डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)

भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)

कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)

ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)

लामिन यमल (स्पेन र बार्सिलोना)

बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)

हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)

विलियम सलिबा (फ्रान्स र आर्सेनल)

केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)

लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)

एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)

एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)

अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार