तीजको उपलक्ष्यमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना

कुमारी बैंक लिमिटेडले महिला खातावालालाई लक्षित गरी तीजको उपलक्ष्यमा क्यास ब्याक योजना ल्याएको छ।

नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका खातामा यस्तो योजना ल्याएको हो।

बैंकका अनुसार विदेशबाट रेमिट्यान्स पाउने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रुपैयाँको क्यास ब्याक दिइनेछ।

योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने बैंकको विश्वास छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार