विश्वबजारमा तेलको मुल्य ओरालो, नेपालमा आउँदो हप्ता थप घटने सम्भावना

विश्वबजारमा निरन्तर ओरालो लागिरहेको कच्चा तेलको मुल्यका कारण नेपालमा पनि इन्धनको मुल्य घट्ने प्रक्षेपण हुन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो केही दिनमा कच्चा तेलको मुल्य घटेर ७० डलर प्रति ब्यारेल पुग्न लागेपछि नेपालमा पनि तेलको मुल्य घट्ने प्रक्षेपण हुन थालेको हो ।
जुनको अन्तिमसम्म ८० डलर प्रति ब्यारेल रहेको कच्चा तेलको भाऊ अगष्टको अन्तिममा आउँदा घटेर ७५ डलरमा झरेको छ ।

यसबीचमा कहिले माथि कहिले तल भईरहेको तेलको भाउ यतिबेला १ वर्षका बीचको सबैभन्दा तल झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटबढको क्रम बारे जानकारी राख्ने बिज्ञहरुले यो वर्षभरी नै तेलको मुल्य घट्ने अनुमान गरेका छन ।

कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ माग र आपूर्तिका आधारमा बजारले निर्धारण गर्छ। तर तेल निर्यातकर्ताहरुको संगठन ओपेकले बजारमा यसरी निरन्तर ओराला लाग्दा उत्पादनमा थपघट गरेर भाउ प्रभावित गर्ने गरेको छ। ओपेकले बजारमा मुल्य घटनबाट रोक्न साउदी अरेबिया, रसिया लगायतका देशसँग मिलेर उत्पादन कोटा घटाउने गरेको छ ।

यस्तो नभएमा तेलको अन्तराष्ट्रिय बजार यसपटक निरन्तर ओरालो लाग्ने संकेत छ ।


विश्वबजारमा कच्चा तेलको भाऊ घट्दा नेपालमा पनि यसको प्रभाव देखिन्छ । नेपालमा तेल आयात र विक्री गर्ने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको मुल्यसुचि अनुसार मुल्य तोक्ने गरेको छ । भारतले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय बजारको भाउ अनुसार तेलको भाउ समायोजन तत्काल गर्ने गरेपनि नेपालमा भने आईओसीले पठाएको मुल्यसुचि अनुसार समायोजन गर्ने भएकाले यसको असर केही समयपछि पर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा घटेको मुल्य भारतमा जस्तै नेपालमा पर्ने भए शनिबार घटेको पेट्रोलियम पदार्थको मुल्य विहिबार फेरि दोस्रोपटक घटिसक्नुपर्ने थियो ।

यसपटक तेलको भाऊ घट्नुको मुख्य कारण तेलको मुख्य खपतकर्ता चीन र अमेरिकामा माग घटेकाले भएको एजेन्सीहरुको विश्लेषण छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार