प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो। जसलाई भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छन्।

यसैगरी, प्रधानमन्त्री ओलीका नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर हुनेछन्। यस्तै, अर्थमन्त्री र परराष्ट्रमन्त्रीका नीजि सुरक्षा अधिकारी र स्वकीय सचिव भ्रमणदलमा रहनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार