पृथ्वी राजमार्गका दुई ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध

धादिङ- अविरल वर्षका कारण खसेको पहिरोका कारण पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।

बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको हो । पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प छन् ।

यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

सो स्थानमा पनि वर्षाका कारण सडक अवरुद्ध भएपछि नौविसे- मुग्लिन सडकखण्ड समेत ठप्प भएको छ । दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार