तीजको दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो?

नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको हो।

अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो। भदौ महिना लागेपछि सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान बनिरहेको छ। ५ गते १ लाख ५३ हजार, १२ गते १ लाख ५३ हजार १ सय, १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएयता आज नयाँ उचाइमा पुगेको हो।

यता चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। चाँदी आज १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ५२० अमेरिकी डलर र चाँदी २८.७५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार