कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ जाँई बस्ने २८ वर्षीय संजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहोराले अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुपप्र ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार