धनगढीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु

धनगढी । धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।

तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार