एमाले सचिव भट्टराई चीन जाँदै

सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराई चीन जाने भएका छन्। चीनमा हुन लागेको एक साता भन्दा बढी लामो समाजवादबारेको कार्यक्रमका लागि उनी शनिबार त्यसतर्फ जान लागेका हुन। चाइना एकेडेमी अफ सोसलिजमले आयोजना गर्ने कार्यक्रममा नेकपा एमालेको प्रतिनिधित्व भट्टराईले गर्नेछन्।

पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरुको चीन यात्रा बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीहरु विभिन्न कार्यक्रममा चीन जाने गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार