दुई दिन अघि बेपत्ता महिलाको शव  भेटियो

दुई दिन अघि हराएकी रुकुम पूर्वकी एक महिलाको शव रोल्पामा भेटिएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका– ९ सिमलवोटकी ६४ वर्षीया बलकुमारी पुनको शव रोल्पामा भेटिएको हो।

रोल्पाको परिवर्तन गाउँपालिका– ४ कुङग्रीस्थित चुनवाङ खोलामा पुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाइँले बताए।

उनी भदौ २० गते गाउँबाटै सम्पर्कविहीन भएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार