जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

सुर्खेत । जाजरकोटको नलगाडमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । नलगाड नगरपालिका–३, कैनामा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय महान थापा बेपत्ता भएका हुन् ।

शनिबार बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएका थापा बेपत्ता भएका प्रहरीले जनाएको छ । उनी खोलामा हराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । दिनभर जसो प्रहरी र स्थानीयले बालकको खोजी गरेका थिए ।

तर खोलाले बगाएको दुई–तीन किलोमिटर दुरीसम्म खोज्दा पनि फेला पार्न नसकिएको नलगाड–४, का वडाध्यक्ष बद्री पन्तले जानकारी दिए । ‘प्रहरी र स्थानीय मिलेर आज दिनभरि जसो खोजी गर्‍यौं । तर कतै फेला पार्न सकेनौ‌,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार