भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढी पहिरोले कम्तीमा ६५ जनाको मृत्यु भएको छ ।
३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ । बाढी पहिरोमा परेर ७५२ जना घाइते छन् ।
उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले २० जना सवार बसलाई बगाएको थियो ।
यस्तै, जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ । पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेको समाचारमा उल्लेख छ ।
यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो ।