‘नरसिंहा अवतार’बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल उषा खड्गी

पूर्वमिस नेपाल उषा खड्गीले एक्सन फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गर्ने भएकी छन् ।

अभिनेत्रीको रुपमा उनको यो डेब्यु फिल्म हुने निर्देशक दिवाकर भट्टराईले जनाए ।

केही दिनअघि खड्गी र निर्माताबीच कागजी सम्झौता भएको हो । उषाले सन् २००० मा मिस नेपालको उपाधि जितेकी थिइन् । त्यसयता उनी फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय थिइन् ।

यस फिल्ममा यसअघि राजेश हमाल, नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी अनुबन्धित भइसकेका छन् ।

फिल्मको असोज ७ गतेदेखि छायांकन सुरु हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार