दसैँका लागि १८०० खसीबोका र च्यांग्रा ल्याउने सरकारको तयारी

सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो ।

उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

सूचना अधिकारी सुवेदीका अनुसार मूल्य भने पछि निर्धारण गरिने भएपनि खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार