बलिउड अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोराका पिता अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । मृत्युको कारण नखुलेपनि मलाइकाका बुवाले हाम फालेको प्रहरीले पुष्टि गरेको छ ।
बीबीसी हिन्दीका अनुसार अनिलको मृत्युपछि सबैभन्दा पहिले मलाइकाका पूर्वपति अरबाज खान घटनास्थल पुगेका थिए। घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन्।