सिचेकका लागि इटली गएको वायु सेवा निगमको एउटा वाइडबडी फर्कियो, अब नियमित उडान

सिचेकसहितको मर्मतका लागि गत ८ असारमा इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज बिहीबार बिहान काठमाडौं फर्किएको छ ।

निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज बिहीबार बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ ।

वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका भएपनि जहाज उड्ने बेलामा प्राविधिक समस्या देखिएकोले त्यसको समाधान गरेर पठाउनुपरेका कारण हिजै आउने भनिएपनि आज बिहानमात्रै आइपुगेको पनि निगमले जानकारी दिएको छ । उनका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् ।

यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ बाट जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका चार वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सिचेकमा छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार