बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया अस्पताल भर्ना

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।

बुधबार राति अस्पताल लगिएको उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीया पूर्वप्रधानमन्त्री जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी, फोक्सो, मिर्गौला, जोर्नीशोथलगायत धेरै रोगबाट पीडित थिइन् ।

हालै बंगलादेशमा सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलबीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि अन्तरिम सरकारले जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

जेलबाट छुटेपछि पनि खालिदा जिया स्वास्थ्य जाँचका निम्ति अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् ।

सम्बन्धित समाचार