एनपीएलका लागि मार्की खेलाडी सार्वजनिक, को–को परे ?

आगामी मंसिर १५ देखि पुस ५ गतेसम्म हुने तय भएको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्तिमार्फत मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा नेपाली राष्ट्रिय क्रिकेट टिममा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।

यस्तै, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ल मार्की खेलाडीको सूचीमा अटाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार