भलिबलका प्रशिक्षक राईलाई स्पेशल अवार्ड

पपल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।

नेपाली महिला भलिबलको सफलता लोभलाग्दो छ ।‌ यो सफलतामा पर्दा पछाडिका नायक हुन, राई ।‌ उनले राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी दिएका छन् ।

स्पेशल अवार्डबाट सम्मानित भएपछि प्रशिक्षक राईले भने, ‘नेपालमा धेरै राम्रा खेलाडीहरु जन्माएर नेपालको शिर अझ उचो राख्नेछु, अझ योगदान गर्नेछु ।’

न्यु डायमण्डका तत्कालीन प्राध्यापक राईले स्कुलमा सानो ठाउँमा ठुलो आँट सहित‌ महिला भलिबलको सुरूवात गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार