बेरोजगार युवायुवतीहरूलाई जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा रामकुमार पक्राउ

वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका ७ घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका २ वस्ने ४५ वर्षीय रामकुमार जिमी रहेका छन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सुन्धाराबाट भदौ २७ गते पक्राउ गरहेको हो ।

४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार