रोहित पौडेले बने वर्षको उत्कृष्ट पुरुष खेलाडी 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्ड समारोहमा रोहित वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका हुन् ।

यस विधाको मनोनयनमा रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ थिए ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार