महाभियोगबारे उपसभामुखलाई ओलीको जवाफ- बजारको हल्ला बजारमै छाडिदिनुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी श‍र्मा ओलीले उपसभामुख इन्दिरा रानामाथि ‘लगाउने भनिएको महाभियोग’ बजारको हल्लामात्र भएको बताएका छन् ।

शुक्रबार संवैधानिक परिषद्को बैठकमा उपसभामुख रानाले आफूमाथि महाभियोग लगाउने तयारी भएको भनेर मिडियामा आएको विषयबारे जिज्ञासा राखेकी थिइन् । जवाफमा ‌ओलीले बजारको हल्लाको विषयमा चर्चा गरिरहन आवश्यक नरहेको बताए ।

“मैले आफ्नो कुरा राखेँ । प्रधानमन्त्रीले ‘तपाईं संवैधानिक परिषद्को सदस्य हो । बजारको हल्लाको कुरा नगरौँ । बजारको हल्ला बजारमै छोड्दिनुस्’ भन्नुभयो,” बैठकपछि रानाले सञ्चारकर्मीसँग भनिन् ।

अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर सत्तारूढ दलका नेताहरूले उपसभामुखमाथि प्रश्न उठाउँदै आएका छन् । विशेष गरी नेपाली कांग्रेसका सांसदरहरूले उपसभामुख रानाले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।

तर, उपसभामुख रानाले आफूले कुनै गल्ती नगरेकाले पछि नहट्ने बताइन् । “मैले गल्ती गरेकै छैन,” रानाले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार