ललितपुरको कुपण्डोलमा सडक भासियो

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडक भासिएर पानी निस्किएको छ।

पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको पार्कको छेउबाट सडक भासिएर पानी बाहिर निस्किएको हो।

अकस्मात सडक भासिँदा एक जना घाइते भएका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

सडक भासिएपछि कुपण्डोल क्षेत्रमा जाम भएको छ। सवारी व्यवस्थापनका लागि त्यहाँ नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार