गाजामा इजरायली आक्रमण : एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान उक्त सहरको एउटा घरमा गरिएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको जनाएको छ ।

“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ,” विभागका प्रवक्ता महमुद बस्सलले भने ।

गाजा सहरको अल–तुफाहस्थित सुजैया विद्यालयनजिकै आक्रमण गरिएको उनले बताए । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्,” बस्सलले भने । इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका अरू केही भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताए ।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालयनजिकै मानिसको भीडमा हवाई आक्रमण गरिँदा पाँचजनाको मृत्यु भएको उनले जानकारी दिए ।

यस्तै, दशौँ हजार विस्थापित प्यालेस्टाइनीले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा गरिएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार