चितवनको रामनगरमा योद्धा गाडिको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवनमा योद्धा गाडिले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

शनिबार दिउँसो ४ः२० बजे नारायणगढ मुग्लिन सडक खण्ड स्थित पानी ट्याङ्की ओरालोमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा प ०१-०२६ च ५५१९ नम्बरको योद्धा गाडि विपरीत दिशा तर्फ जाँदै गरेको ग२ख ८५५ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भई ठक्कर दिँदा साइकलमा सवार भरतपुर १ स्थित रामनगरका ६४ वर्षिय राम थापाको मृत्यु भएको हो ।

योद्धा गाडिको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा भरतपुर अस्पतालमा ४ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अहिले दुवै सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार