साउथ ह्याम्पटनमाथि युनाइटेडको सहज जित

म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथ ह्याम्पटनमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा युनाइटेडले ३–० गोलको जित हात पारेको हो ।

लिगको चार खेलमा युनाइटेडले समान दुई खेलमा जित र हारको नतिजा ल्याएको छ । दुई खेलबाट ६ अंक बनाएको युनाइटेड अंक तालिकाको सातौँ स्थानमा छ ।

समान खेलबाट सबै खेलमा हार भोगेको साउथ हेप्टनले भने अंक तालिकाका खाता खोल्न सकेको छैन । साउथ हेप्टन अंकविहिन रुपमा १९ औँ स्थानमा छ। एक खेल कम खेलेको एभर्टन भने पुछारमा छ ।

पहिलो हाफको ३५ औँ मिनेटमा युनाइटेडका लागि म्याथिज डे लिग्टले पहिलो गोल गरे । लिग्टले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ४१ औँ मिनेटमा म्याक्र्युस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । खेलको ७९ औँ मिनेटमा साउथ हेप्टन १० खेलाडीमा सिमित हुन पुग्यो । ज्याक स्टेफन्सले रातो सिधै रातो कार्ड पाएपछि साउथ हेप्टन १० खेलाडीमा समेटियो ।

खेलको इन्ज्युरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एलेजान्ड्रो गार्नाचोको गोलमा युनाइटेडले ३–० को अग्रता लियो ।

लिगमा आजै राति सात खेल हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार