श्रीलंकाले क्षयरोगको उपचारमा नयाँ पद्धति प्रयोग गर्ने

श्रीलंकाले क्षयरोगको उपचारमा नयाँ उपचार पद्धतिलाई अगाडि बढाउने भएको छ ।

सरकारले नयाँ उपचार पद्धतिको प्रभावकारिता अध्ययन गर्न श्री जयवर्धनेपुरा विश्वविद्यालय र इन्टरनेसनल युनियन अगेन्स्ट ट्युबरकुलोसिस एन्ड लङ डिजिजेजबीच एक समझदारीपत्र (एमओयू) गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सूचना विभागका अनुसार, श्रीलंकामा क्षयरोग दोस्रो संक्रामक रोग हो ।

सन् २०२१ मा क्षयरोग रोकथाम उपचारमा विश्व स्वास्थ्य संगठनको सिफारिसपछि श्रीलंकाका निम्ति एक दिशानिर्देश तयार गरिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रचार विभागले जनाएको छ ।

विभागले क्षयरोग नियन्त्रण र छाती रोगको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रस्तावित उपचार मोडलको प्रभावकारिता अवलोकन गर्न अध्ययन गर्ने अपेक्षा गरिएको छ ।

इन्टरनेसनल युनियन अगेन्स्ट ट्युबरकुलोसिस एन्ड लङ डिजिजेज तीन लाख ८७ हजार २८० अमेरिकी डलरको आर्थिक अनुदान उपलब्ध गराउन सहमत भएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार