रियल मड्रिडको संर्घषपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि संर्घषपूर्ण जित निकालेको छ ।

रियल एरिनामा भएको खेलमा रियलले रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो। दुवै गोल पेनाल्टीमा मात्र सम्भव भए ।

खेलको पहिलो हाफमा गोलका लागि संघर्ष गरेको रियलले दोस्रो हाफमा पेनाल्टी अवसरलाई खेर जान दिएन ।

खेलको ५८ औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ७५ औँ मिनेटमा केलियन एमबाप्पेले पनि पेनाल्टीमा नै गोल गर्दै अग्रता दोब्बर पारे ।

जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा छ । लिगको पाँच खेलमा ३ खेलमा जित र दुई खेलमा हार भोगेको रियल ११ अंकमा दोस्रो स्थानमा छ । समान खेल र समान अंकबाट भिल्ला रियल तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको बार्सिलोना १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

गएराति नै भएको खेलमा भिल्ला रियलले मालोर्कालाई २–१ गोल अन्तरले पराजित गर्यो। अर्को खेलमा स्पान्योलले डिपोर्टिभ अलाभेसमाथि ३–२ को संर्घषपुर्ण जित निकालेको छ । सेभिल्लाले भने गेटाफेलाई १–० ले पाखा लगायो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार