लगातार दोस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार