माओवादीले अडान नछाडेपछि बस्दै नबसी स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)ले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ः१५ बजेका लागि सारिएको थियो । उक्त समयसम्म पनि सहमति नजुटेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ । आज बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको हो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ ।

उक्त विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेका थिए । यद्यपि, उनीहरूबीच सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार