कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २, चितवन निवासी सुष्मा श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएपश्चात उनका श्रीमान् इन्द्रनारायण श्रेष्ठलाई बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

उक्त रकम कुमारी बैंकको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको हो । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भएपश्चात बैंकले उक्त रकम भुक्तानी गरेको हो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार