घट्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ ।

निगमले मूल्य घटाएसँगै पेट्रोलको मूल्य प्रति लिटर १५९ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर १४९ रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ । ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य घटाइएको हो ।

भारतबाट पेट्रोल र डिजेल दुवैको मूल्य घटेर आएको छ । त्यही कारण निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

गत वर्ष असोज २८ मा पेट्रोल लिटरमा ११ रुपैयाँ र डिजेल लिटरमा ५ रुपैयाँ घटेको थियो। त्यसयता डिजेलको मूल्य प्रति लिटर ५ रुपैयाँ घटेको यसपटक हो । गत साउन ३१ मा पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले सस्तिएको थियो ।

पछिल्लो ६ महिनामा अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्य २१ प्रतिशतले घटेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार