धोबीखोलाले बगायो ट्याक्सी, चालकको सकुशल उद्धार

काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलाले एउटा ट्याक्सी बगाएको छ ।

देवीनगर, मदन भण्डारी कलेज अगाडिको पुलबाट बा २ ज १७९२ नम्बरको ट्याक्सी धोबीखोलामा खसेको जानकारी प्रहरी प्रवक्ता दानबहादुर कार्कीले दिए ।

ट्याक्सीमा सवार चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको छ । उनका अनुसार ठूलो बाढीले ट्याक्सीलाई बगाएर बुधनगर र थापाथली जोड्ने पुल नजिक पुर्‍याएको थियो ।

आइतबार साँझ काठमाडौं उपत्यकामा भारी वर्षा भएपछि नदी तथा खोलामा पानीको सतह बढेको छ । प्रहरीले उपत्यकामा नदी तथा खोलामा बाढी ठूलो आएकाले नदी किनाराका स्थानीयहरुलाई सतर्क रहन अनुरोध छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार