आर्सनलको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

आइतबार भएको खेलमा आर्सनलले टोटनहमलाई १-० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

आर्सनलको जितमा गाब्रियलले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ६४ मिनेटमा बुकायो शाकाको पासमा गोल गरेका थिए ।

आर्सनल नियमित कप्तान ओडेगार्ड र मिडफिल्डर राइसबिना मैदान उत्रिएको थियो । उनीहरूले चोटका कारण खेल गुमाएका हुन् । लिगको दोस्रो स्थानमा रहेको आर्सनलको १० अङ्क भएको छ।

टोटनहम चार अङ्क सहित १३औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार