नारायणगढ–मुग्लिन सडक भासियो

नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नौ किलो भन्ने ठाउँको सडक आइतबार भासिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु गरिएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार