समस्या देखिएपछि भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट ओरालियो सबै यात्रु

काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।

सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको जानकारी दिए ।

जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो । जहाज केही ढिला गरी बिहान ७स्५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार