इन्फा फिल्म अवार्ड:  अनमोल र केकी सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री घोषित

नायक अनमोल केसी र नायिका केकी अधिकारी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन् । 

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनले केसी र अधिकारीलाई उत्कृष्ट अभिनेता/अभिनेतृ घोषित गरेको हो । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रममा उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट उनीहरुलाई सर्वोत्कृष्ट घोषणा गरिएको हो ।

अनमोल केसी ‘फर्की फर्की’ बाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी  ‘प्रसाद २’ बाट अभिनेत्री घोषित भएका हुन् । इन्फा अवार्डमा ‘जारी’सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे ।

सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर(बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारेका छन् ।

यता बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुँदा सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् ।

यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन् । यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । केसीले अवार्ड ग्रहण गर्दै गर्दाको दृश्य निक्कै दुर्लभ बन्यो । अभिनेता अनमोल केसीले स्टेजमै बुवाको खुट्टा ढागेका थिए । जसले अवार्ड कार्यक्रयमा उपस्थीत सबैलाई स्तब्ध बनायो ।

१९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेरप्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भुमिका आयोजना भएको अवार्डहरु मध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न भएको कोर्डिनेटर मनिष कार्कीले जानकारी दिएका छन् । इन्फा अर्को वर्ष समेत यही मितिमा आयोजना गरिने कार्कीले बताएका छन् । 

अवार्ड समारोहमा केकी अधिकारीले बुझिन मैले, अनमोल जसिताले फर्की फर्की, शिल्पा मास्केले गैरी खेतको र आज हाम्रो भेट भएको दिन, शुशान्त खत्रीले नेपाली गीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार